राप्ती हाइड्रोको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ। राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ गतेबाट निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। 

कम्पनीले हाल कायम चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गरेको हो।

यसका साथै कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर जारी गरेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

हकप्रद शेयर जारी गर्न कम्पनीले जेठ ६ गते नै बुक क्लोज गरेको थियो। यसको अर्थ जेठ ५ गतेसम्म कायम शेयरधनीहरूले यो कम्पनीको हकप्रद शेयर भर्न पाउनेछन्।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्नेछ। यस कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेट रहेको छ।


प्रतिक्रिया