काठमाडौँ। बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
उक्त दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो।
बागलुङ जिल्ला प्रहरी कार्यालयका अनुसार, गलकोटतर्फ गइरहेको जीप आज बिहान दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन।
दुर्घटनामा एक पुरुष घाइते भएका छन्। प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ। घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
28 Bhadra 2081, Shukrabar 11:04 मा प्रकाशित
230
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar