यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ६ पैसा र बिक्री दर १३४ रूपैयाँ ६६ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४७ रूपैयाँ ८९ पैसा रहेको छ। 

त्यसैगरी बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७६ रूपैयाँ ५५ पैसा र बिक्री दर १७७ रूपैयाँ ३४ पैसा रहेको छ। स्विस फ्र्याङ्क एकको खरिद दर १५७ रूपैयाँ ४७ पैसा र बिक्री दर १५८ रूपैयाँ १७ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ९१ रूपैयाँ ७२ पैसा र बिक्री दर ९२ रूपैयाँ १३ पैसा रहेको छ।  

त्यस्तै, क्यानडिएन डलर एकको खरिद दर ९८ रूपैयाँ ९१ पैसा र बिक्री दर ९९ रूपैयाँ ३५ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिद दर १०३ रूपैयाँ ३१ पैसा र बिक्रि दर १०३ रूपैयाँ ७७ पैसा रहेको छ। जापानीज येन दशको खरिद दर ९ रूपैयाँ १५ पैसा र बिक्री दर ९ रूपैयाँ १९ पैसा रहेको छ।

साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ७० पैसा र बिक्री दर ३५ रूपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया