काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३६ रूपैयाँ ३० पैसा र बिक्री दर १३६ रूपैयाँ ९० पैसा रहेको छ। केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिद दर १५५ रूपैयाँ ३ पैसा र बिक्री दर १५५ रूपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिद दर १८० रूपैयाँ ९६ पैसा र बिक्री दर १८१ रूपैयाँ ७६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १६६ रूपैयाँ ५८ पैसा र बिक्री दर १६७ रूपैयाँ ३१ पैसा रहेको छ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ८९ पैसा र बिक्री दर ८७ रूपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रूपैयाँ ३८ पैसा र बिक्री दर ९८ रूपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०३ रूपैयाँ ९१ पैसा र बिक्री दर १०४ रूपैयाँ ३७ पैसा रहेको छ।
त्यस्तै, जापानी येन १० को खरिद दर ९ रूपैयाँ ५८ पैसा र बिक्री दर ९ रूपैयाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ६६ पैसा र बिक्री दर १८ रूपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ३३ पैसा र बिक्री दर ३६ रूपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ३९ पैसा र बिक्री दर ३७ रूपैयाँ ५६ पैसा रहेको छ।
थाई भाट एकको खरिद दर ४ रूपैयाँ ८ पैसा र बिक्री दर ४ रूपैयाँ १० पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ ११ पैसा र बिक्री दर ३७ रूपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ८८ पैसा र बिक्री दर ३१ रूपैयाँ २ पैसा रहेको छ।
यसैगरी, साउथ कोरियन वन १ सयको खरिद दर ९ रूपैयाँ ५७ पैसा र बिक्री दर ९ रूपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रूपैयाँ १७ पैसा र बिक्री दर १४ रूपैयाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रूपैयाँ ७६ पैसा र बिक्री दर २० रूपैयाँ ८५ पैसा रहेको छ।
हङकङ डलर एकको खरिद दर १७ रूपैयाँ ५६ पैसा र बिक्री दर १७ रूपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिद दर ४४४ रूपैयाँ ५४ पैसा र बिक्री दर ४४६ रूपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिद दर ३६१ रूपैयाँ ६१ पैसा र बिक्री दर ३६३ रूपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिद दर ३५४ रूपैयाँ ३ पैसा र बिक्री दर ३५५ रूपैयाँ ५९ पैसा राष्ट्र बैंकले जनाएको छ।