काठमाडौं। गुगल प्ले स्टोरमा एक अर्बभन्दा बढी पटक डाउनलोड भएको विश्वप्रसिद्ध सञ्चार प्लेटफर्म राकुटेन भाइबर नेपालमा दशकभन्दा बढी समयदेखि घर-घरमा लोकप्रिय छ। यो एपले मानिसहरूलाई अर्थपूर्ण सम्बन्ध बनाउन, परिवार र साथीहरूसँग अमूल्य क्षण साझा गर्न, व्यावसायिक सम्बन्ध व्यवस्थापन गर्न र रुचि पछ्याउन एउटै थलोमा सहज वातावरण प्रदान गर्दै आएको छ।
सन् २०२४ को सुरुवातमा भाइबरले नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आधिकारिक दर्ता प्राप्त गरेको छ र सरकारको सामाजिक सञ्जाल प्रयोग निर्देशिका २०२३ पालना गरेको छ। डेटा गोपनीयतामा जोड दिँदै यो प्लेटफर्मले एन्ड-टु-एन्ड इन्क्रिप्टेड भ्वाइस र भिडियो कल, म्यासेजिङ, ग्रुप च्याट, जिआईएफ, फाइल सेयरिङ र डिभाइस सिन्क्रोनाइजेसन जस्ता सुविधा उपलब्ध गराउँछ। सुपर एपको रूपमा भाइबरले मेसेजिङ र कलभन्दा बाहिर गएर दैनिक जीवन सहज बनाउने सेवाहरू पनि प्रदान गर्छ, जसमा पब्लिक च्यानलमार्फत सेलिब्रिटी, इनफ्लुएन्सर र ब्रान्ड अपडेट समावेश छन्।
नेपालमा सुरुवाती कालदेखि उपलब्ध यो एपले नेपाली भाषाका स्टिकर र स्थानीय सामग्रीमार्फत डिजिटल सञ्चारलाई व्यक्तिगत र आत्मीय बनाएको छ। राष्ट्रिय संकटमा समेत भाइबरले महत्वपूर्ण भूमिका खेलेको छ। सन् २०१५ को गोरखा भूकम्पपछि गुणस्तरीय भ्वाइस र भिडियो कल सेवा दिएको थियो भने कोभिड-१९ महामारीमा स्वास्थ्य मन्त्रालय र नेपाल प्रहरीसँग सहकार्य गरी सूचना साझा गरेको थियो।
राकुटेन भाइबर, राकुटेन ग्रुपको हिस्सा हो, जुन ई–कमर्स, फिनटेक, डिजिटल कन्टेन्ट र सञ्चार सेवामा विश्वव्यापी अग्रणी कम्पनी हो। यो एपले नेपालीहरूको सञ्चारमा निरन्तर सहयोग गर्दै आएको छ।