बालकुमारी घटनाबारे छानबिन गर्न गृहले गठन गर्‍यो समिति

पुष १३- काठमाडौँ।  बालकुमारी घटना र त्यहाँ भएको प्रदर्शनलगायतका विषयमा छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयले डिआइजी लाममणि आचार्यको संयोजकत्वमा गठित समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य रहनी गरी समिति गठन गरेको हो ।  

उनीहरूलाई सात दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन दिन भनिएको छ । कोरिया भाषा परीक्षाको आवेदन दिन नपाएको भन्दै आक्रोशित समूहले शुक्रबार बिहान सातदोबाटो क्षेत्रमा प्रदर्शन गर्दै भौतिक योजना तथा यातायातमन्त्रीको गाडी जलाएको थियो । त्यसपछि आक्रोशित युवाले ललितपुरको चक्रपथ क्षेत्रमा प्रदर्शन गरेका थिए । 

बालकुमारी क्षेत्रमा प्रदर्शनले उग्ररूप लिन थालेपछि प्रहरीले प्रहरीले अश्रुग्यास हानेको थियो । त्यसक्रममा घाइते भएका दुईजना युवकको उपचारका क्रममा मृत्यु भएको छ । अन्य केही व्यक्ति घाइते भएका छन् ।


प्रतिक्रिया