जेठ १७ गोरखा । नेपालि कांग्रेसका गण्डकी प्रदेश सदस्य एव गण्डकी प्रदेशका पूर्व सांसद प्रकाशचन्द्र दवाडीले सतिघाटु संरक्षणका लागी आर्थिक सहयोग गरेका छन् । बुद्धि जयन्तीको अवसरमा आरुघाट गाउँपालिका–२ मान्वुमा आयोजित ‘सतिघाटु मेला’ को अवसरमा उनले २५ हजार नगद सहयोग गरेका हुन् ।
सतिप्रथामा आधारित घाटुको संरक्षण तथा व्यवस्थापनका लागी नगद सहयोग गरेको पूर्व सांसद दवाडीले बताए । बैशाख पुर्णिमाको अवसरमा मान्वुमा हरेक वर्ष सतिघाटुको आयोजना गरिन्छ । यो वर्ष विविध सांस्कृतिक कार्यक्रमसँगै फुटबल प्रतियोगिताको समेत भएको स्थानीय ओमबहादुर घलेले जानकारी दिए ।
पूर्व सांसद दवाडीले मान्वुस्थित भवानी माविमा १ लाख ११ हजारको अक्षयकोष समेत स्थापना गरेका छन् । उक्त बिद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार विद्यार्थीको छात्रवृत्तिका लागी अक्षयकोष स्थापना गरेको दवाडीले जानकारी दिए । उक्त कोषले विद्यार्थीहरुको पढाईमा टेवा पुग्ने विश्वास उनले लिएका छन् ।