काठमाडौँ। सर्वोत्तम सिमेन्टले १० प्रतिशत लाभांश दिने भएको छ।
कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो। यो प्रस्ताव आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ।
लाभांश वितरणसहितका एजेन्डाहरू पारित गर्न कम्पनीले भोलि अर्थात पुस २६ गते शुक्रबार साधारण सभा डाकेको छ। सभा, होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान ११ बजे सुरू हुनेछ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १२ गते नै बुक क्लोज गरिसकेको छ। तसर्थ, पुस ११ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउन सक्नेछन्।
26 Poush 2081, Bihibar 08:16 मा प्रकाशित
161
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar