बीवाईडी द्वारा ३०औं वार्षिकोत्सवको अवसरमा १ करोडौं NEV उत्पादन

चीन । विश्वकै प्रमुख नयाँ उर्जा सवारीसाधन NEV र पावर ब्याट्री निर्माता बीवाईडी ले आफ्नो ३०औं वार्षिकोत्सवको अवसरमा आफ्नो १ करोडौं NEV गाडी सियाओमो उत्पादन केन्द्रको शेन्जेन–शानवेई विशेष क्षेत्रमा उत्पादन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यो उपलब्धिले दिगो यातायातप्रतिको बीवाईडीको दृढ प्रतिबद्धता र अटोमोबाइल उद्योगमा विश्वव्यापी लीडरको रूपमा यसको स्थानलाई अझ बलियो बनाएको छ।

कार्यक्रममा बीवाईडीका सभापति एवम्अध्यक्ष श्री वाङ चुआनफुले प्रमुख मन्तव्य दिनुहुँदै कम्पनीको यात्रा सम्झनुभयो। उहाँले २० जना कर्मचारीसहित सानो स्टार्टअपबाट सुरू भई आज विश्वभर लगभग १० लाख कर्मचारी भएका बहुराष्ट्रिय कम्पनीमा परिवर्तन भएको उल्लेख गर्नुभयो। वाङले प्राविधिक इनोभेसनप्रतिको प्रतिबद्धता र यातायातको भविष्यलाई रूपान्तरण गर्न बीवाईडीको महत्त्वपूर्ण भूमिका रहेको जनाउनु भयो।

१ करोड नयाँ उर्जा सवारीसाधन (NEV) उत्पादनको उपलब्धि बीवाईडीको दिगो विकासप्रतिको दृढ प्रतिबद्धताको प्रमाण हो। यस उपलब्धिलाई हासिल गर्ने बीवाईडी विश्वकै पहिलो अटोमोबाइल कम्पनी बनेको छ। कम्पनीले पहिलो ५० लाख NEV उत्पादन गर्न १५ वर्ष लगाएको, तर त्यसपछिको अर्को ५० लाख उत्पादन मात्र १५ महिनामै गरी नयाँ उर्जा सवारीसाधन (NEV) र प्राविधिक प्रगतिमा केन्द्रित रणनीतिक सफलताको उदाहरण उल्लेखनीय रूपमा प्रस्तुत गरेको छ।

१ करोडौं गाडी, डेन्जा जेठनाईन्, गेम साइन्सका संस्थापक एवम्सीइओ तथा चर्चित खेल ’ब्ल्याक मिथः वुकोंग’ का स्रष्टा श्री फेङ जीलाई प्रदान गरियो।

वाङले बीवाईडीको सफलता साहसी दृष्टिकोण, निरन्तर कार्यान्वयन, र अटल धैर्यतामा आधारित भएको बताउनुभयो। उहाँले कम्पनीको उपलब्धिको श्रेय यसको बलियो प्राविधिक क्षमता र गहिरो रूपमा गडेको इन्जिनियरिङ कल्चर रहेको टिप्पणी दिनुभयो। उहाँले भन्नुभयो, “बीवाईडीका इन्जिनियरहरूको आत्मा नै हाम्रो कम्पनीको आत्मा हो।“

बीवाईडीको संस्कृतिका बारेमा गहिरो जानकारी दिनका लागि, प्रसिद्ध चिनियाँ वित्तीय पत्रकार र लेखक, किन्सुओले १०० जना मध्यस्तरका र उच्च स्तरका कार्यकारीहरू र कर्मचारीहरू सँग अन्तर्वार्ता गर्नुभएको छ। यी जानकारीहरू “द सोल अफ इन्जिनियरस“ नामक पुस्तकमा संकलित गरिएको छ।

भविष्यतर्फ हेर्दै श्री वाङले बीवाईडीको रणनीतिक रोडम्याप प्रस्तुत गर्नुभयो र बीवाईडीका आधारभूत मार्गनिर्देशको परिचय दिनुभयो – यो एक विस्तृत दस्तावेजले कम्पनीको आधारभूत सिद्धान्त, ऐतिहासिक अनुभव र भविष्यमुखी रणनीतिहरू समेट्छ। यस संरचनाले भविष्यका वर्षहरूमा बीवाईडीको निरन्तर वृद्धी र इनोभेसनलाई मार्गदर्शन गर्नेछ।

आगामी योजनामा, बीवाईडीले अटोमोटिभ प्रणालीहरूलाई एकीकृत गर्ने बौद्धिक प्रविधिहरूमा १०० अर्ब युआनको लगानी गर्नेछ, जसले बीवाईडीको सम्पूर्ण सवारीसाधन श्रृंखलामा व्यापक सुधार ल्याउनेछ। यो प्रतिबद्धताले बीवाईडीलाई प्राविधिक प्रगति र नवप्रवर्तनमा अग्रणी राख्न सुनिश्चित गर्नेछ, जसले विश्व बजारमा प्रतिस्पर्धी बढ़त कायम राख्नेछ । इन्जिनियरिङ मनोभाव र दिगो विकासप्रतिको प्रतिबद्धतामा बीवाईडी विश्वस्तरीय उच्च प्राविधिक कम्पनीको रूपमा आफ्नो स्थान सुदृढ गर्न तयार रहेको छ। 

प्रतिक्रिया