काठमाडौं । भाद्र २०: नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले दशैँ, तिहार, र छठको अवसरमा विशेष ‘क्यास सफारी’ योजना सार्वजनिक गरेको छ। "हात हातमा हात्ती, लकमा लखपति" नारासहित प्रस्तुत गरिएको यस स्किमले ग्राहकहरूलाई आकर्षक अफरहरू प्रदान गर्नेछ।
यस योजना अन्तर्गत, प्रत्येक बजाज मोटरसाइकलको खरिदमा ग्राहकले स्योर सट १ लाखसम्मको क्यास जित्न सक्नेछन्। साथै, साप्ताहिक ड्रमार्फत हरेक हप्ता एक जोडीलाई चितवनमा जङ्गल सफारीको अवसर प्रदान गरिनेछ, र बम्पर पुरस्कारमा केन्यामा जङ्गल सफारीको विशेष अवसर रहेको छ।
बजाजका हेड अफ मार्केटिङ अमित राज चालिसेले भने, "हरेक वर्षझैँ यस वर्ष पनि ग्राहकहरूको चाडपर्व विशेष बनाउने उद्देश्यले आकर्षक योजना ल्याएका छौं।" साथै, इजी फाइनान्स र ५०% डाउनपेमेन्टको सुविधा पनि लागू गरिएको छ।
#bajaj