माघ १६ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कर्णाली प्रदेशका पार्टी कार्यकर्ताहरुले काठमाडौंमा गरेको भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले सहकारी ठगी प्रकरणका आरोपित गितेन्द्रबाबु (जीबी) राईलाई पक्रिन नचाहेको आरोप लगाएका छन् ।
सभापति लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठले वास्तविक रुपमा सहकारी पीडितहरुलाई न्याय दिन नचाहेको आरोप पनि लगाए ।
पीडितलाई न्याय दिलाउनको साटो सरकार आफूलाई फसाउन गल्ती र कमजोरी खोज्न लागेको पनि रबिले आरोप लगाए । ‘रवि लामिछानेको केही भेटिन्छ कि खोज्नुहोस् त । यता खोज्नुस् । त्यहाँ खोज्नुस् त केही भेटिन्छ कि भनेर यति समय लाउनुभयो,’ उनले भने, ‘केही भए पो पाउनु ? भए त किन छोड्थे र ?’गृहमन्त्रीलाई सहकारी पीडितलाई न्याय दिनु भन्दा पनि आफूलाई दोषी देखाएर थुन्नुपरेको रबिको आरोप छ ।
उपप्रधानमन्त्री भइसकेको टोपबहादुर रायमाझीलाई समाउन सक्दा जीबीलाई किन समाउन नसकेको भनि उनले प्रश्न पनि गरे । ‘जीबी राई समाउनतिर लागेको हो र ? रवि लामिछाने भेटिन्छ कि भनेर लागेको हो । समाउन लागे समाउन सक्दैन ? उपप्रधानमन्त्री समात्नुभएको होइन उहाँहरुले ? उपप्रधानमन्त्री भइसकेको टोपबहादुर रायमाझीलाई समात्न सक्नुभएको होइन उहाँहरुले ? समाउन खोजेको भए सक्नुहुन्न थियो र ?’ उनले प्रश्न गरे ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar