घरमा मनिप्लान्ट लगाउनुका यस्ता छन् फाइदाहरू

काठमाडौँ।  समाजमा भनाई छ, घरभित्र मनिप्लान्ट लगाइयो भने पैसा कमाई हुन्छ। 

अर्थात जति–जति मनिप्लान्ट हुर्कन्छ, फैलन्छ, उत्तिनै घरममा समृद्धि भित्रिन्छ भन्ने मान्यता रहेको छ। मनिप्लान्ट, खासमा एक लहरे वनस्पति हो।  यो इनडोर अर्थात घरभित्रै रोप्न मिल्ने प्रजातिको विरूवा हो। मनीप्लान्ट पानी वा माटो दुबैमा रोप्न सकिन्छ।

इनडोर प्लान्टको रुपमा लगाउँदा यसले घरको शोभा दिने नै भयो । घरको साजसज्जाका लागि मनीप्लान्ट लगाउन सकिन्छ। त्यसबाहेक पनि यसका केही फाइदा छन्।

कतिपय यस्ता वनस्पति हुन्छन्, जो मानव एवं प्राणी जगतका लागि अति फाइदाजनक मानिन्छ। तुलसी, घिउकुमारी, चमेली, पिपलजस्ता वनस्पति निकै गुणकारी हुन्छन्। के मनिप्लान्ट पनि यस्तै वनस्पति हो? के मनीप्लान्ट फैलियो भने घरमा समृद्धि भित्रिन्छ?

यस्तो छ वास्तविकता

घरभित्र लगाइने हरियो बोटबिरूवाले घरमा सकारात्मक उर्जा प्रवाह गर्दछ। मुख्यतया हरेक घरभित्र मनी प्लान्टको बोट लगाउने गरिन्छ। यसले घरको स्वरूपमा पनि केही परिवर्तन ल्याउँछ।

मनी प्लान्ट एक साधारण बिरुवा हो जुन प्रायः हरेक घरभित्र हुन्छ। पुरानो मान्यता अनुसार घरभित्र मनी प्लान्ट लगाउनाले घरमा धनको बढोत्तरी हुन्छ। भनिन्छ मनी प्लान्टले घरमा सकारात्मक उर्जा प्रवाह गर्छ। वास्तु शास्त्र अनुसार मनी प्लान्टबाट फाइदा लिनको लागि सही नियमको पालना गर्नु आवश्यक छ।

वास्तुशास्त्र अनुसार मनीप्लान्ट लगाउनुको यस्ता छन् फाइदाहरू

१. दाम्पत्य जीवनमा सुख

नव विवाहित जोडीका लागि घर भित्र मनी प्लान्ट लगाउनाले पति पत्नी बीचको सम्बन्ध राम्रो हुन्छ भन्ने मान्यता रहिआएको छ। यदि कुनै कारणवश मनमुटाव भएको खण्डमा पनि त्यो लामो समयसम्म रहँदैन। तर विवाहित जोडीले यो कुरामा ध्यान राख्नु पर्छ कि मनी प्लान्ट कहिले पनि पूर्व–पश्चिम दिशामा लगाउनु हुँदैन।

२. धन सम्पतीको बढोतरी हुन्छ

भनिन्छ मनी प्लान्ट जति हरियो र अधिक पातहरू हुन्छ त्यति नै धन सम्पतिको बढोत्तरी हुन्छ। आर्थिक स्थिति बलियो बनाउनको लागि पनि अधिकांश मानिसको घर भित्र मनी प्लान्ट लगाइएको हुन्छ। एउटा लोकप्रिय धारणा अनुसार मनी प्लान्टको सरसफाइ वा पहेँला पातहरु फाल्ने काम घरबाहिरको मान्छेले गरेमा त्यस घरमा पैसा अधिक मात्रामा आउने गर्दछ।

३. सकारात्मक उर्जाको लागि

घर भित्र मनी प्लान्ट लगाउनाले घरमा सकारात्मक उर्जा प्रवाह गर्दछ र घरको सबै सदस्य स्वस्थ रहन्छन्। यसको साथै मनी प्लान्ट लगाउनाले घर भित्र हरियाली हुन्छ र यो प्लान्ट लगाउँदा रोगबाट पनि मुक्त भइन्छ। घर भित्र मनी प्लान्ट लगाउँदा मस्तिष्क शान्त बनाउँछ र नकारात्मक विचारबाट छुटकारा पाइन्छ।

४. राम्रो भाग्यको लागि

मनी प्लान्टलाई ‘लक्की प्लान्ट’ पनि मानिन्छ। यदि कुनै व्यक्तिको विवाह भइरहेको छैन वा विवाहमा ढिलो भइरहेको छ भने मनी प्लान्ट उसको लागि निकै लाभदायी हुन सक्छ। विवाहमा ढिलो भइरहेको छ भने घरको दक्षिण पूर्व दिशामा मनी प्लान्ट लगाउनाले विवाह चाँडै हुने विश्वास गरिन्छ।

५. घर भित्रको हावा शुद्ध बनाउनको लागि

वैज्ञानिक परीक्षण गर्दा के पत्ता लाग्यो भने घरभित्र मनी प्लान्ट लगाउनाले घरको हावालाई शुद्ध बनाउछ। मनी प्लान्टले हावामा पाइने वोलाटाइल आर्गे्निक कम्पाउण्डलाई हावासँग फिल्टर गर्न मद्दत गर्दछ। यदि कुनै व्यक्तिलाई निन्द्राको समस्या छ भने मनी प्लान्ट लगाउनाले यस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ।

६. तनावबाट मुक्त हुनको लागि

बैज्ञानिक मान्यता अनुसार मनी प्लान्ट घरभित्र कम्प्युटर टेबुल, टेलिभिजनसँगै वा भान्छा कोठामा लगाउनाले मानसिक समस्याबाट मुक्ति मिल्दछ। मनी प्लान्टले डिप्रेशन, तनाव र चिन्ता आदिबाट मुक्ति दिन्छ। यदि तपाईं मानसिक सुख शान्ति चाहनु हुन्छ वा तनावमुक्त हुन चाहनुहुन्छ भने तपाईंले आफ्नो घर भित्र मनी प्लान्ट लगाउनु पर्छ।

यी हुन मनी प्लान्ट लगाउने सहि तरिका

१. मनी प्लान्टलाई जहिले पनि दक्षिण पूर्वको दिशामा लगाउनु पर्छ। कहिले पनि उत्तर पूर्व वा पूर्व पश्चिम दिशामा लगाउनु हुँदैन।

२. दक्षिण पूर्व दिशामा भगवान गणेशको बास हुन्छ। त्यसैले यो ठाउँमा मनी प्लान्ट लगाउनाले घरमा सुख समृद्धिमा बढोत्तरी हुन्छ।

३. उत्तर पूर्व सबैभन्दा नकारात्मक ठाउँ मानिन्छ। त्यसैले यो दिशामा मन्दिर वा तुलसीको विरूवा मात्र लगाउनु पर्छ।

४. मनी प्लान्टलाई कहिले पनि घर बाहिर लगाउनु हुँदैन। यो घर भित्र लगाउँदा मात्र लाभ मिल्दछ।

५. मनी प्लान्टलाई कहिले पनि सुक्न दिनु हुँदैन। पानीको कमीले पातहरू पहेँलो हुने वित्तिकै निकालेर फाल्नु पर्छ।

६. मान्यता अनुसार मनी प्लान्टको पात माथितिर बढ्दछ। त्यसैले यसको पातले कहिले पनि जमीन छुनु हुँदैन।

प्रतिक्रिया