काठमाडौँ। सुनको भाउ लगातार ३ दिन घटेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) पनि छापावाल सुन प्रतितोला ८ सय रूपैयाँले घटेर १ लाख ५५ हजार ६०० रूपैयाँ कायम भएको छ।
यसअघि मंगलबार र बुधबार सुनको भाउ क्रमशः प्रतितोला ६००, ३०० रूपैयाँले घटेको थियो भने बुधबार छापावाल सुन १ लाख ५६ हजार ४०० रूपैयाँ कायम भएको थियो। बिहीबार चाँदीको भाउ पनि तोलामा १० रूपैयाँले घटेर तोलाको १८ सय ८० रूपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला १८ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
4 Ashwin 2081, Bihibar 04:54 मा प्रकाशित
211
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar