काठमाडौँ। काठमाडौँ महानगरपालिकाले वडा नम्बर १४ स्थित भाटभटेनीमा डोजर चलाएको छ।
महानगरपालिकाले चक्रपथ (रिङरोड) को ‘राइट अफ वे’ पर्ने क्षेत्र भाटभटेनीले प्रयोग गरेको भन्दै हटाउन आग्रह गर्दा नमानेपछि डोजर प्रयोग गरेर कम्पाउन्ड भत्काएको हो।
चक्रपथको सडक सीमाभित्र पर्ने भए पनि मिचेर कम्पाउन्ड बनाएको पाइएपछि महानगरले भत्काइएको जनाएको छ।
भाटभटेनीले राइट अफ वे मिचेर ९–१० फिट अग्लो पर्खाल लगाएकाले चक्रपथतर्फ रहेको कम्पाउन्ड सबै भत्काएको जनाइएको छ।
कलंकीको खसीबजार पश्चिमतर्फ खोला किनारमा विपरीत लगाएको अन्दाजी २०० मिटर पर्खाल र २ वटा शौचालय महानगर प्रहरी बलबाट भत्काइ खाली गरिएको हो।
12 Kartik 2081, Aaitabar 09:48 मा प्रकाशित
93