काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ। यस्तै, डिजल र मट्टितेलमा भने प्रतिलिटर २ रुपैयाँले बढाइएको छ। यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर २१ ले बढाइएको छ।
नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १५९, डिजल र मट्टितेल प्रतिलिटर १५०, हवाई इन्धन प्रतिलिटर १२८ रुपैयाँ कायम गरिएको निमगले जनाएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ। नयाँ मूल्यसूची आज बिहानदेखि लागू भएको छ ।
16 Saun 2082, Shukrabar 08:25 मा प्रकाशित
475