कोशी, बागमती र गण्डकीमा मध्यम देखि भारी वर्षाको सम्भावना, देशभर बदली

weather forecast

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदरभन्दा दक्षिणतिर र पूर्वमा सरदर स्थानको आसपास अवस्थित छ। हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भाग र मधेश प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार कोशी प्रदेशमा दिउँसो र राति हिमाली र पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षा, तराईमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेशमा दिउँसो र राति तराईमा थोरै स्थानमा मध्यम वर्षा हुन सक्छ। बागमती र गण्डकी प्रदेशमा दिउँसो र राति हिमाली र पहाडी क्षेत्रमा मध्यमदेखि भारी, तराईमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा दिउँसो र राति हिमाली र पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम, तराईमा थोरै स्थानमा मध्यम वर्षा सम्भावित छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकोले बाढी, पहिरो र जनजीवनमा असर पर्न सक्छ। 

प्रतिक्रिया