कान्ति लोकपथ सडक पुन:सञ्चालनमा

काठमाडौँ। हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथमा आज दिउँसोदेखि यातायात पुनः सञ्चालनमा आएको छ। 

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती खोलामा बनाइएको डाइभर्सन वर्षासँगै आएको बाढीले बढाएपछि सडक अवरूद्ध भएको थियो। 

सडक मर्मतसम्भार गरेपछि आज दिउँसो १ बजेदेखि सो सडकमा यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उक्त सडकमा केही दिनदेखि स्तरोन्नति भइरहेको छ।  

प्रतिक्रिया