काठमाडौँ। पश्चिमी वायुको सामान्य प्रभावले कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली। तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ। मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहनेछ। काठमाडौँमा पनि दिनभरि आंशिक बदली हुनेछ।
काठमाडौँको न्यूनतम तापक्रम शनिबारको तुलनामा आइतबार बढेको छ। महाशाखका अनुसार बिहान पौने ६ बजे काठमाडौँको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ।
शनिबार न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको थियो। आइतबार बिहान काठमाडौँको आकाश बादलले ढाकेका कारण न्यूनतम तापक्रम केही बढेको महाशाखाले जनाएको छ।
काठमाडौँमा अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसबीच रहने पूर्वानुमान छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar