काठमाडौँ। देशका केही भागमा सोमबार वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही भागमा वर्षाको सम्भावना रहेको हो। ठूलो वर्षाको सम्भावना भने कतै पनि नरहेको महाशाखाले जनाएको छ। बागमती प्रदेशमा वर्षाको सम्भावना रहे पनि काठमाडौं उपत्यकामा भने वर्षाको सम्भावना छैन।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।
अहिले बिहान कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ। तराईका थोरै भागमा हुस्सु लागेको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
30 Poush 2081, Sombar 08:57 मा प्रकाशित
117
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar