काठमाडौँ। पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा गए राति जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
लु१ज २३७७ नम्बरको जीप सिद्धेश्वरको असारेबाट ठूलोपोखरीतर्फ जाने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएको र तीन जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा रैनादेवी छहरा–१ सिद्धेश्वका ३६ वर्षे दीपेन्द्र बुढा, ३१ वर्षे चेतनारायण विक र २३ वर्षे जनक रेगामी छन्।
घाइते भएका जीप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको अहिले अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जीप सडकबाट २०० मिटर तल खसेको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar