काठमाडौँ। अवरूद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको छ।
बैशाख २९ गते (सोमबार) रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ माम्तीमा डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरूद्ध भएको थियो।
सडक खुलेसँगै आज दिउँसोदेखि यातायातका सम्पूर्ण साधन दुईतर्फी सञ्चालन भएको काभ्रे जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रोशी खोलामा बाढी आएपछि सोमवार रातीदेखि सडक अवरूद्ध भएको हो।
सडक डिभिजन कार्यालय भक्तपुरको पहलमा प्रहरी र स्थानीयको सहयोगमा अवरूद्ध सडक खुलाइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।
यसअघि गत वर्ष असोज १० देखि १२ गतेसम्म रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको विभिन्न ठाउँमा क्षति पुगेको थियो।
त्यसपछि सडक डिभिजन कार्यालयले खोलाको किनारै किनार भएर अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरेको थियो।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar