काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेश लगायतका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अन्य स्थानमा मौसम मुख्यत: सफा रहेको छ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम खुल्ने मौसमविद्ले बताएका छन्। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
शनिबार र आइतबार पनि मौसम यस्तै रहने अनुमान गरिएको छ। पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्हरूको भनाइ छ।
यस क्रममा तापक्रममा गिरावट आउने तथा हिमपातको असरले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar