काठमाडौँ। जिल्लामा ६ हजार ४ सय ७२ हेक्टर क्षेत्रको धानबाली डुबानमा परेको छ।
यही असोज १० देखि १२ गतेसम्म परेको अविरल बर्षाका कारण खोलानालामा आएको बाढीले उक्त क्षेत्रमा लगाइएको धानबाली डुबानमा परेको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ।
कृषि ज्ञान केन्द्रका अनुसार डुबानमा कुन–कुन बालीमा के–कति क्षति भएको बारेमा किसानसँग तथ्याङ्क लिने काम भइरहेको जानकारी दिएको छ। केन्द्रका अनुसार यस वर्ष कुल बर्खेधान ४६ हजार २० हेक्टर क्षेत्रमा रोपाइँ गरिएको थियो।
मधेस प्रदेश कृिष विकास निर्देशनालयका अनुसार प्रदेशका ८ जिल्लामा ४२ हजार ६९ हेक्टर क्षेत्रमा धानबाली डुबानमा परेको छ। सोमध्ये बारामा मात्र कुल ६ हजार ४ सय ७२ हेक्टर डुबानमा पर्दा रू ७७ करोड ६६ लाख ४० हजार बराबर क्षति भएको अनुमान गरिएको केन्द्रले जनाएको छ।
21 Ashwin 2081, Aaitabar 07:55 मा प्रकाशित
167
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar