काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को कार्यकारिणी समितिमा तीन जना अनुभवी व्यवसायीहरूलाई मनोनयन गरिएको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संस्थाको विधानको दफा २९ को उपदफा २९.२ को खण्ड (च) अनुसार राजकुमार न्यौपाने, सरस्वती राई र कमल कुमार श्रेष्ठलाई कार्यकारिणी सदस्यमा मनोनीत गर्नुभएको हो।
मनोनित सदस्यमध्ये राजकुमार न्यौपाने महासंघका पूर्व केन्द्रीय कार्यकारिणी सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुनुहुन्छ। यस्तै, कमल कुमार श्रेष्ठ पनि महासंघका पूर्व कार्यकारिणी सदस्य हुनुका साथै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष रहनुभएको छ। सरस्वती राई नेपाल हर्ब्स एण्ड हर्बल उत्पादक संघकी अध्यक्ष तथा महासंघको महिला उद्यमी विकास समितिकी उपसभापति हुनुहुन्छ।
महासंघद्वारा जारी विज्ञप्तिमा अध्यक्ष ढकालले मनोनित तीनै जना सदस्यहरूबाट महासंघको नीति, योजना र कार्यक्रमहरू थप प्रभावकारी ढंगले कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको उल्लेख गरिएको छ। व्यवसायीहरूको व्यापक अनुभव र विविध क्षेत्रको प्रतिनिधित्वले महासंघको कार्यसम्पादनमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar