काठमाडौं । २ माघ – केएल दुगड ग्रुपअन्तर्गत स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले 'स्काईवर्थ सपना साकार' क्याम्पेनको बम्पर उपहार विजेता घोषणा गरेको छ। हिजो बुधवार लाजिम्पाटस्थित होटल एम्बास्डरमा आयोजित विशेष समारोहमा काठमाडौंका रवि अर्याललाई एमजी कमेट ईभी कारको साँचो हस्तान्तरण गरियो।
कम्पनीले उपहारमा लाग्ने २५% कर आफैंले व्यहोर्ने जानकारी दिएको छ।
'स्काईवर्थ सपना साकार' उपहार योजना २०८१ असोज १ देखि कात्तिक ३० सम्म संचालन गरिएको थियो। यस क्याम्पेनमा देशभरका ग्राहकहरूले उत्साहजनक सहभागिता जनाएका थिए।
बम्पर पुरस्कार घोषणा हुनु अघि, स्काईवर्थले साप्ताहिक लक्की ड्रमार्फत माइक्रोवेभ प्रदान गर्नुका साथै प्रिमियम होम एप्लायन्समा ४०% सम्मको आकर्षक छुट उपलब्ध गराएको थियो।
यस अवसरमा स्काईवर्थका डेपुटी जेनेरल म्यानेजर अमित बज्राचार्यले रवि अर्याल र अन्य विजेताहरूलाई बधाई दिँदै भने, “गुणस्तर र नवीनतालाई प्राथमिकतामा राख्दै, हाम्रा ग्राहकहरूको विश्वास जित्न हामी सधैं प्रतिबद्ध छौं।”
स्काईवर्थले उत्पादनमा नवीनता र गुणस्तरको उत्कृष्टतालाई प्राथमिकता दिंदै हरेक परिवारको विश्वास जित्दै आएको जनाएको छ।