काठमाडौँ। विगत चार महिनादेखि गुल्मीमा हवाई उडान पटकपटक अवरूद्ध बनेको छ।
गत असारको दोस्रो सातादेखि जिल्लामा हवाई उडान प्रभावित भइरहेको छ। खराब मौसमका कारण लामो समयसम्म यसरी हवाई सेवा नियमित हुन नसकेपछि यात्रु थप समस्यामा परेका छन्।
टिकट काटेर पनि पटकपटक विमानस्थल पुगेर घण्टौँसम्म पर्खिनुपर्ने तर अन्तिम उडान स्थगित हुँदा निकै सास्ती भएको यात्रुहरूले बताउने गरेका छन्। चाडपर्वको समयमा समेत लगातार उडान अवरूद्ध भइरहेका छन्, जसले नागरिक आक्रोसित समेत भएका छन्।
बाक्लो कुहिरो लागेर मौसममा खराबी आउने गरेकाले गत असार १४ गतेदेखि उडान सेवा अवरूद्ध बनेको रेसुङ्गा विमानस्थलले जनाएको छ। साताको दुई पटक नियमित उडान हुँदै आएकोमा नेपाल एयरलाइन्सले प्रतिकूल मौसमका कारण उडान गर्न नसकेको विमानस्थलले जनाएको छ। मौसम खराबीकै कारण गत असारको दोस्रो सातादेखि जिल्लामा जम्मा पाँच वटा मात्र हवाई उडान भएका छन्। मौसम ठिक होला भन्ने अपेक्षासहित रेसुङ्गा‐काठमाडौँ र काठमाडौँ‐रेसुङ्गा आवतजावतका लागि टिकट काटे पनि अन्तिममा स्थगन हुँदाको समस्या हामीले महुसस गरेका छौँ तर मौसमको अवस्था हाम्रो नियन्त्रणमा हुँदैन”, स्टेशन प्रमुख सुमन थापाले बताए।
गुल्मी‐काठमाडौँका लागि नेपाल वायुसेवा निगमको १८ सिट क्षमता भएको ट्वीनेटर जहाजले उडान गर्दै आइरहेको छ। यात्रुको चापका कारण साताको चार पटकसम्म उडान हुँदै आएको थियो।
नेपाल वायुसेवा निगमले रेसुङ्गादेखि काठमाडौँका लागि ७ हजार ३ सय र काठमाडौँबाट रू ७ हजार ५ सय रूपैयाँ भाडा निर्धारण गरेको छ। जिल्लामा गत एक वर्षअघिदेखि व्यावसायिक रूपमा नियमित रूपमा हवाई उडान सुरू गरिएको हो।
रासस
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar