अमेरिकी डलरको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकिएको  छ।  

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३९ रूपैयाँ २ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६२ पैसा कायम भएको छ। अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज घटेको हो। 

युरोपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ५२ पैसा र बिक्री दर १४४ रूपैयाँ १४ पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा यूरोको मूल्यमा वृद्धि भएको छ। यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७२ रूपैयाँ ६० पैसा र बिक्री दर १७३ रूपैयाँ ३५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १५२ रूपैयाँ ९५ पैसा र बिक्री दर १५३ रूपैयाँ ६१ पैसा कायम गरिएको छ। युके पाउन्ड स्ट्रलिङ र स्वीस फ्र्याङ्क दुवैको मूल्य बढेको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ३२ पैसा र बिक्री दर ८६ रूपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रूपैयाँ ३६ पैसा र बिक्री दर ९६ रूपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०२ रूपैयाँ ४९ पैसा र बिक्री दर १०२ रूपैयाँ ९३ पैसा रहेको छ। 

जापानी येन १० को खरिद दर ८ रूपैयाँ ९६ पैसा र बिक्री दर ८ रूपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रूपैयाँ १७ पैसा र बिक्री दर १९ रूपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रूपैयाँ ६ पैसा र बिक्री दर ३७ रूपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिद दर ३८ रूपैयाँ १३ पैसा र बिक्री दर ३८ रूपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  


प्रतिक्रिया