काठमाडौँ। विन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडको एफपीओ आइतबार अर्थात् बैसाख ७ गते बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आइतबार बिहान ८ः३० बजे एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो।
कम्पनीको एफपिओमा ४५५.९१ गुणा बढी आवेदन परेको छ। यसमा १९ लाख ७४ हजार ७०९ जनाले कुल २ करोड ३३ लाख ८४ हजार ५२० कित्ताका लागि आवेदन दिएका छन्। जसमा ५ हजार १२९ जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी १९ लाख ६९ हजार ५८० जनाको भने हात खाली हुनेछ।
कम्पनीले चैत २१ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १ सय रूपैयाँ अंकित मूल्यमा ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गरेको हो। कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो।
3 Baisakh 2082, Budhbar 09:51 मा प्रकाशित
136
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar