सागर ग्रुपको ‘बेलियो मिट एण्ड ग्रिट एक्स्पो’ माघ २३ गतेदेखि

काठमाडौँ। सागर ग्रुपले ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइलः मिट एण्ड ग्रिट एक्स्पो–२०२५’ को आयोजना गर्ने भएको छ। 

बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा सागर ग्रुपले माघको २३ गतेदेखि २९ गतेसम्म उक्त एक्स्पो सञ्चालन गर्न लागेको हो। 

आफ्नो ब्रान्ड तथा प्रोडक्टहरू प्रयोग, विशेषता लगायत वर्तमान समयमा आएको प्रविधि र बिस्तारबारे जानकारी दिने उद्देश्यले एक्स्पोको आयोजना गरिएको सागर ग्रुपले जानकारी दिएको छ। 

नेपालमा आईटी सम्बन्धी प्रडक्ट बिक्री, वितरण तथा गुणस्तर सेवा दिँदै आएको उक्त ग्रुपले विगत १६ वर्षदेखि ब्रदरका प्रिन्टरहरू बिक्री गर्दै आएको छ। 

तेस्रो संस्करणको यस एक्स्पोमा ब्रदर तथा कोनिका प्रिन्टर साथै एक्स–ल्याब ल्यापटप पनि राखिने छन्। यसका साथै, एक्स्पोमा क्यास्परस्की, आईडीपी, माइक्रोप्याक आदि ब्रान्डका सामानहरू पनि उपलब्ध हुने जनाइएको छ। 

एक्स्पोमा प्रविधिसँग सम्बन्धित धेरै विषयहरू समावेश भएकाले यहाँबाट ग्राहकहरूलाई नयाँ अनुभव प्रदान हुने सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले जनाकारी दिइन।

“एक्स्पोमा हामीले बिक्री गर्दै आएका सामानहरू हुनेछन्, यो एक्स्पोले नयाँ र अपडेटेडका साथै नवप्रवर्तन प्रविधिको बारेमा जान्न, बुझ्ने र किन्ने अवसर प्रदान गर्नेछ,” उनले भनिन्। 

सागर ग्रुपले एक्स्पोमा आएर प्रिन्टर वा कुनै सामान किन्दा विशेष छुटको व्यवस्था गरेको छ। ७ दिनसम्म सञ्चालनमा रहने यो एक्स्पोमा टोनर बक्स सिरिजअन्तर्गतका प्रिन्टरहरू पनि लन्च गरिने जनाइएको छ। 

एक्स्पो अवधिभर उपभोक्ताले टोनर बक्स सिरिजका प्रिन्टरको खरिदमा ५० प्रतिशतसम्म र ब्रदरका जुनसुकै प्रिन्टरको खरिद न्यूनतम २० प्रतिशत छुट  पाउने छन्। 

साना तथा ठूला व्यवसाय र व्यक्तिगत प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्नका लागि निकै उपयोगी ब्रदर प्रिन्टर बजारमा निकै लोकप्रिय छन्। यी प्रिन्टरहरूको उपयोगितालाई लिएर विशेषज्ञहरूद्वारा प्रशिक्षण पनि हुने सागर ग्रुपले जनाएको छ। 

एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा अत्याधुनिक उत्पादनहरू र व्यक्तिगत उद्यम तथा पेशेवरहरूका लागि तयार पारिएका अनुपम अनुभवहरू पनि प्रस्तुत हुनेछ। 

एक्स्पोमा क्युआर कोड मार्फत नाम दर्ता गरेर निःशुल्क प्रवेश गर्न सागर ग्रुपले जनाएको छ। क्युआर कोड प्रणाली मार्फत अनलाइन दर्ता गर्दा एक्स–ल्याब ल्यापटप जित्ने अवसर ल्याइएको छ। 

यो कार्यक्रम प्रविधि, जीवनशैली र नेटवर्किङ अवसरहरू संयोजन हुने प्ल्याटफर्मको रूपमा विकास हुने सागर ग्रुपले जानकारी दिएको छ। यस्तै, मिट एण्ड ग्रिट एक्स्पोको अवसर पारेर सागर ग्रुपले इनेक्स क्यामेरा पनि लन्च गर्ने भएको छ। विश्व बजारमा निकै लोकप्रिय उक्त क्यामेराका ३ वटा मोडल लन्च हुने भएको हो। 

ब्रदर र कोनिका ब्रान्डका यी प्रिन्टर एक्स्पोमा सागर ग्रुपले एक्स्पोमा ब्रदर र कोनिका ब्रान्डका विभिन्न मोडलका प्रिन्टर एक्स्पोमा राख्ने भएको छ। 

ब्रदर टोनर बक्स सिरिजअन्तर्गत ब्रदर डीसीपी-बी७६२०डीडब्लू ३-इन–१ लेजर प्रिन्टर-मोनो, ब्रदर डीसीपी-बी७६४०डीडब्लू ३-इन-१ लेजर प्रिन्टर-मोनो र ब्रदर एमएफसी–बी७८१०डीडब्लू लेजर एमएफसी प्रिन्टर-मोनो मोडलका प्रिन्टर रहेका छन्।

यस्तै, उक्त सिरिजमै ब्रदर एचएल-बी२१००डी लेजर प्रिन्टर–मोनो, ब्रदर एचएल-बी२१५०डब्लू लेजर प्रिन्टर-मोनो र ब्रदर एचएल-बी२१८०बीडब्लू लेजर प्रिन्टर-मोनो मोडलको प्रिन्टर रहेको छ। 

फरक-फरक क्षमताका उच्च गुणस्तरयुक्त यी प्रिन्टरहरू आधुनिक फिचरले सुसज्जित छन्। यसैगरी कोनिका ब्रान्डका कोनिका मिनोल्टा बीएच-सी२२६आई कलर फोटोकपीर मेसिन, कोनिका मिनोल्टा बीएच–३०६आई बीरडब्लू फोटोकपीर मेसिन र कोनिका मिनोल्टा बीएच-२२५आई बीरडब्लू फोटोकपीर मेसिन मोडलका प्रिन्टर एक्स्पोमा रहने बताइएको छ।

अनलाइन सुविधाको लागि बेलियो डट कम मार्फत् पनि यी प्रोडक्टहरू खरिद गर्नका साथै बुझ्न सकिने सागर ग्रुपले जनाएको छ।  

प्रतिक्रिया