नेपालमा आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, जान्नुहोस कसको मुल्य कति ?

foreign exchange

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (जेठ १२) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जारी दरअनुसार अमेरिकी डलर (USD) को खरिद दर १३६.०५ रुपैयाँ र बिक्री दर १३६.६५ रुपैयाँ रहेको छ। यस्तै, यूरोपियन यूरो (EUR) को खरिद दर १५४.६२ रुपैयाँ र बिक्री दर १५५.३० रुपैयाँ पुगेको छ। बेलायती पाउन्ड स्टर्लिङ (GBP) को खरिद दर १८४.१८ रुपैयाँ र बिक्री दर १८४.९९ रुपैयाँ कायम भएको छ।

स्वीस फ्राङ्क (CHF) को खरिद दर १६५.६४ रुपैयाँ र बिक्री दर १६६.३७ रुपैयाँ रहेको छ भने अष्ट्रेलियन डलर (AUD) को खरिद दर ८८.३६ रुपैयाँ र बिक्री दर ८८.७५ रुपैयाँ रहेको छ। क्यानाडियन डलर (CAD) को खरिद दर ९९.०२ रुपैयाँ र बिक्री दर ९९.४६ रुपैयाँमा कारोबार भइरहेको छ। सिंगापुर डलर (SGD) १०५.९३ रुपैयाँ खरिद दर र १०६.४० रुपैयाँ बिक्री दरमा कारोबार भएको छ। जापानी येन (JPY) १० युनिटको खरिद दर ९.५४ रुपैयाँ र बिक्री दर ९.५९ रुपैयाँमा रहेको छ। चिनियाँ युआन (CNY) को खरिद दर १८.९५ रुपैयाँ र बिक्री दर १९.०३ रुपैयाँ रहेको छ।

यस्तै, साउदी रियाल (SAR) को खरिद दर ३६.२७ रुपैयाँ र बिक्री दर ३६.४३ रुपैयाँ रहेको छ भने कतारी रियाल (QAR) को खरिद दर ३७.३३ रुपैयाँ र बिक्री दर ३७.४९ रुपैयाँमा कारोबार भएको छ। थाई भाट (THB) को खरिद दर ४.१९ रुपैयाँ र बिक्री दर ४.२० रुपैयाँ रहेको छ। युएई दिराम (AED) को खरिद दर ३७.०४ रुपैयाँ र बिक्री दर ३७.२० रुपैयाँ कायम भएको छ।

कुवेती दिनार (KWD) को खरिद दर ४४४.०३ रुपैयाँ र बिक्री दर ४४५.९९ रुपैयाँ रहेको छ भने बहराइन दिनार (BHD) को खरिद दर ३६०.८८ रुपैयाँ र बिक्री दर ३६२.४७ रुपैयाँमा रहेको छ। ओमानी रियाल (OMR) को खरिद दर ३५३.८४ रुपैयाँ र बिक्री दर ३५५.४० रुपैयाँ कायम भएको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको यो दर जानकारीको लागि मात्र भएको र वास्तविक कारोबार दरमा बैंकहरूबीच केही फरक हुन सक्ने जनाएको छ।

प्रतिक्रिया