काठमाडौं। काठमाडौंमा पहिलो पटक समुद्री माछाहरूको आकर्षक प्रदर्शनी सहितको डुकाउ फिस टनेल एक्सपो एवं सांस्कृतिक व्यापार महोत्सव २०८२ आयोजना हुने भएको छ। साउन ३० गतेदेखि भदौ २१ गतेसम्म कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८, गोठाटार, कृष्ण मन्दिर अगाडि, लभडाँडामा यो महोत्सव सञ्चालन हुनेछ।
संयुक्त नेपाल मेला महोत्सव प्रालिको आयोजनामा हुने यो महोत्सवमा दर्शकहरूले १,००० भन्दा बढी समुद्री माछाहरू भएको फिस टनेलमा प्रवेश गरी नजिकबाट माछाहरू अवलोकन गर्न पाउनेछन्। साथै, सुनामी पिङ लगायतका आधुनिक खेलहरू, बालबालिकाका लागि विभिन्न खेल सामग्री, र १०० भन्दा बढी सपिङ स्टलहरूको विशेष व्यवस्था गरिएको छ।
महोत्सवले स्थानीय व्यापार र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। यहाँ उपलब्ध सामानहरूमा २५% सम्म छुटको व्यवस्था गरिएको छ, जसले दर्शक र उपभोक्ताहरूलाई थप आकर्षित गर्ने आयोजकको दाबी छ।
हरेक दिन राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुतिले महोत्सवको रौनक थप्ने छ। सपिङ, मनोरञ्जन, र सांस्कृतिक अनुभवलाई एकै ठाउँमा समेट्ने यो महोत्सव काठमाडौंवासीका लागि नयाँ र रोमाञ्चक अनुभव बन्ने विश्वास गरिएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar