अमेरिकी डलरको विनिमय दर नयाँ उच्चतम बिन्दुमा, १ डलरको बिक्रीदर १४० रुपैयाँ नाघ्यो

foreign exchange

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । यसअनुसार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७० पैसा तथा बिक्रीदर १४० रुपैयाँ ३० पैसा तोकिएको छ ।

अन्य विदेशी मुद्राको विनिमय दर यस प्रकार रहेको छ:

युरोपियन युरो – खरिददर १४५.२४ र बिक्रीदर १४५.८६

युके पाउन्ड स्ट्रलिङ – खरिददर १७५.८४ र बिक्रीदर १७६.६०

स्विस फ्र्याङ्क – खरिददर १५४.७३ र बिक्रीदर १५५.४०

अष्ट्रेलियन डलर – खरिददर ८६.८२ र बिक्रीदर ८७.२०

क्यानेडियन डलर – खरिददर ९६.७८ र बिक्रीदर ९७.१९

सिङ्गापुर डलर – खरिददर १०३.६० र बिक्रीदर १०४.०४

एशियाली मुद्राको विनिमय दर

जापानी येन (१०) – खरिददर ९.२९ र बिक्रीदर ९.३३

चिनियाँ युआन – खरिददर १९.१९ र बिक्रीदर १९.२७

भारतीय रुपैयाँ (१००) – खरिददर १६०.०० र बिक्रीदर १६०.१५

खाडी मुलुक तथा अन्य देशका मुद्राहरू

साउदी रियाल – खरिददर ३७.२५ र बिक्रीदर ३७.४१

कतारी रियाल – खरिददर ३८.३३ र बिक्रीदर ३८.५०

युएई दिराम – खरिददर ३८.०४ र बिक्रीदर ३८.२०

कुवेती दिनार – खरिददर ४५२.३५ र बिक्रीदर ४५४.३०

ओमानी रियाल – खरिददर ३६२.८६ र बिक्रीदर ३६४.४२

राष्ट्र बैंकले आवश्यक परे जुनसुकै समयमा विनिमय दर संशोधन गर्न सक्ने बताएको छ ।

प्रतिक्रिया