काठमाडौं। फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा २६औं फ्लोरा एक्स्पो २०८१ भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु भएको छ। हिजोदेखि सुरू भएको यो एक्स्पो चैत ४ गतेसम्म संचालन हुनेछ।
चार दिनसम्म सञ्चालन हुने उक्त एक्स्पोमा सयौं प्रजातिका फूल र बिरुवा प्रदर्शनीमा राखिएको छ। फ्लोरा एक्स्पोमा विभिन्न आकर्षणहरू समावेश छन्, जसमा एकै छानामुनि निम्न सामग्रीहरू उपलब्ध छन्:
६०० प्रकारका आलंकारीक इनडोर र आउटडोर प्लान्टहरू
५०० प्रकारका फूल तथा फलफूलका बिरुवा
३०० प्रकारका सिरामिक तथा प्लास्टिकका गमलाहरू
२०० प्रकारका गार्डेनिङ तथा कौशी खेतीका सामग्रीहरू
फ्लोरिकल्चरसम्बन्धी आवश्यक सम्पूर्ण परामर्श सेवा
प्रदर्शनीमा सहभागीहरूले विभिन्न प्रजातिका फूल तथा बिरुवाबारे जानकारी लिन सक्नेछन्। यो एक्स्पो नेपालका फूल तथा बिरुवा व्यवसायीहरूका लागि महत्वपूर्ण अवसर भएको आयोजकले बताएका छन्।
फूल तथा गार्डेनिङप्रेमीहरूका लागि यो एक्स्पो विशेष अवसर हुन सक्ने आयोजकको भनाइ छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar