काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ।
सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम प्रायः सफा रहने अपेक्षा गरिएको छ। यी तीनवटै प्रदेशका पहाडी भूभागमा एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ।
त्यस्तै, हिमाली भूभागका एक-दुई स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार पनि यस्तै मौसम रहनेछ। विशेषतः कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ भने हिमाली भूभागहरूमा वर्षा र हिमपातको क्रम जारी रहने देखिएको छ। यद्यपि, हाल देशका धेरै स्थानमा वर्षाको सम्भावना कम रहेकाले मौसममा अत्यधिक सुख्खापन देखिएको छ।
यसले गर्दा वायू प्रदूषण र आगलागीका घटनामा वृद्धि हुन सक्ने सम्भावना बढ्दो छ। मौसमविद्हरूले यस्तो अवस्थामा स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन आग्रह गरेका छन्।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar