देशका पहाडी भूभागमा आंशिक बदली, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

weather forecast

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यस प्रणालीका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको छ।

बुधबार कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ, तर अन्य क्षेत्रमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

बिहीबार पनि देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम सफा रहनेछ।

शुक्रबार हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

शुक्रबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

तराईमा हुस्सुको प्रभाव

बिहानपख तराईका केही स्थानमा हल्का हुस्सु लाग्ने सम्भावना छ, जसले गर्दा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने मौसमविद्हरूको चेतावनी छ।

मौसम परिवर्तनका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।



प्रतिक्रिया