9851314933 | info@gharjagganews.com

के तपाईको घर मर्मत गर्ने बेला भयो? यस्तो छन् रेनोभेसनका ७ उपायहरू

काठमाडौँ। के तपाईं आफ्नो घर पुरानो भएर चिन्तित हुनुहुन्छ? बाथरूम, टवालेट, भान्सामा पानी जमेर वाक्कदिक्क त हुनुभएको छैन? घरको कोठा साँघुरो भएर झन्झट त भईरहेको छैन?   

यदि त्यसो हो भने पक्कै पनि तपाई यसको समाधानको खोजी गरिरहनु भएको छ होला। आजको लेखमा हामी तपाईको यस्तै समस्या समाधान गर्ने बारे चर्चा गर्ने छौँ।  

प्रायजसो पुराना घरहरू, घर निर्माणको क्रममा गुणस्तर कम भएका सामानहरूको प्रयोग र प्राविधिक समस्याका कारण यस्ता खालका समस्याहरू आउने गर्दछन। 

यसरी जीर्ण वा पुरानो रोगी घरमा बस्दा हामी एक्लै बसी रहेका हुँदैनौ हामीसँग विभिन्न किसिममका जोखिमहरू पनि बसी रहेका हुन्छन। 

पुरानो घरमा बस्दा हामी भुकम्प, हावाहुरी, आगलागी जस्ता अन्य प्राकृतिक प्रकोपको सिकार बन्न सक्छौ साथसाथै विधुतीयजन्य जोखिम पनि उच्च हुने गर्दछ।  

यस्ता समस्याले एकातिर हामीलाई मानसिक तनाव सृजना गरी रहेका हुन्छन भने अर्को तर्फ घरमा बस्नको लागि पनि असुरक्षित महशुस भएको हुन्छ।

घर रिनोभेसनको फाइदा र समाधान के त?

बेला बेलामा घरमा विभिन्न खालका समस्याहरु देखिने गर्दछन। यसको समयमै समाधान गर्न सकिएन भनेपछि कालान्तरमा घर बस्न योग्य नहुन पनि सक्छ। 

समयमै हामीले घरलाई मर्मत सम्भार ग¥यौ भनेपछि घरको आयु बढनुको साथै मजबुती बढने गर्दछ। 

घर पुरानो भयो भनेर हामी नयाँ घर बनाउन थाल्छौँ तर पर्याप्त खर्च नहुँदा फेरि चाहे अनुसार घर निर्माण गर्ने गर्दछौ। त्यो भन्दा त हामी घरलाई रिमोडलिङ्ग गरेर आफुले चाहे अनुसारको बनाउन पनि सक्दछौ। 

घर रिमोडलिङ्ग गर्दा हामी घर, किचेन, बाथरुम, शौचालय आदिलाई आफुले चाहे अनुसारको डिजाइन र आकारमा बनाउन सक्दछौँ। साथै स्वीमिङ्ग पुल, बगैँचा, गार्डेनको पनि व्यवस्था गर्न सक्दछौँ। 

अझ–रोचक कुरा के छ भनेपछि हामी घरको कोठाको आकार, घरमा तलाहरू सजिलैसँग थपघट गर्न सक्छौँ। र यसले पुरानो घरमा पनि हामीलाई नयाँ अनुभुति दिने गर्दछ। 

प्राय जसो जीर्ण र मर्मत गर्नुपर्ने घरको प्रमुख समस्या भनेको सरसफाई गर्न झन्झटिलो हुने हो। घरको रिमोडलिङ्ग गरेपछि घर सुन्दर, आकर्षक देखिने गर्दछ। र घरको सजावट, सर–सफाईलाई निरन्तरता दिन सजिलो हुने गर्दछ।

हाम्रा धार्मिक चाडपर्व, विवाह, व्रतबन्ध , उत्सव आदिको बेलामा हाम्रो घरमा इष्टमित्र आफन्तजनको चहलपहल हुने गर्दछ। यस्तो बेलामा घरमा आउने पाहुनाहरूले हाम्रो सामाजिक प्रतिष्ठा जस्ता पक्षको ख्याल गर्ने गर्दछन। 

यदि हाम्रो घर आकर्षक, चिट्टिक्क , पर्याप्त ठाउ भउको छ भनेपछि उनीहरुले हामीलाई गर्ने सम्मानमा पनि फरक पर्दछ। अर्को कुरा के पनि भनेपछि घर राम्रो र आकर्षक छ भने हाम्रो आत्मसम्मान पनि बढने गर्दछ।

हामी सुरक्षित साथ आफनो परिवारसँग रमाएर बस्ने सक्छौ। विभिन्न किसिमका प्राकृतिक प्रकोप एवं विपद्बाट परिवारलाई सुरक्षित राख्न सक्छौ। 

घर रेनोभेसनका ७ उपायहरू

हरेक कामहरू गर्नको लागि पूर्वतयारी अतिआवश्यक हुने गर्दछ। पूर्व तयारी बिनाको कामबाट हामीलाई सफलता मिल्न गाह्रो हुने सम्भावना न्यून हुने गर्दछ। घर जस्तो संवेदनशील कुरा रेनोभेसन गर्दाखेरि हामीले निम्न कुरामा ध्यान दिन जरूरी छः 

योजना 

योजना हरेक कामको लागि अत्यावश्यक पक्ष हो। बिना योजना हामी कुनै पनि काम ग¥यौ भने हामी असफल बन्न पुग्दछौँ। त्यसैले घर रेनोभेसन गर्दा पनि हामीले कुन–कुन भागको गर्ने के–के कुरा थप गर्ने के–के कुरा यथावत राख्ने स्पष्ट योजना बनाउने पर्ने हुन्छ। जसले गर्दा हामी काम गर्दाखेरि बाधा अवरोध आउँदैन र हामी स्वत रूपमा काम गर्न सक्दछौ। 

बजेट

बजेट घर मर्मत सम्भार गर्नका लागि अर्को महत्वपूर्ण पाटो हो। आफ्नो बजेट कति छ हामीले सोही अनुरूप काम घरको काम गर्नुपर्दछ।

आफनो क्षमता र बजेट अनुसार निर्माण गरेनौ भने रीनको भारी बोक्न बाध्य भइन्छ। त्यसले आफूसँग भएको बजेटमा आधारित भएर मात्र निर्माण सुरू गर्नुपर्ने हुन्छ। 

डिजाइन 

डिजाइन घर मर्मत सम्भार अर्थात् रेनोभेसनको अर्को महत्वपुर्ण पक्ष हो। घरलाई कुन आकार प्रकारको बनाउने, कोठाहरू कति थप्ने, कति घटाउने, किचन, बाथरूम कस्तो बनाउने भन्ने जस्ता कुराहरू यस अन्तर्गत पर्ने गर्दछन।  त्यसैले घर रेनोभेसन पूर्व नक्सा बनाउन अति–आवश्यक हुने गर्दछ। फलस्वरूप घर निर्माण कार्यमा सरलता र स्पष्टता आउने गर्दछ। 

कम्पनी 

घर रेनोभेसन गर्ने काम सुरूवात गर्दाखेरि कुन कम्पनीबाट गर्ने वा कुन ठेकेदार वा बिल्डरलाई जिम्मा दिने भन्ने कुरा तपाईले सोच्नु हुन्छ। यसरी सोच्नु स्वाभाविक पनि हो। बजारमा हजारौँ बिल्डरहरू हुन्छन र सबै कामको लागि योग्य र अनुभवी नहुन पनि सक्छन। 

अदक्ष र अनुभव नभएका कम्पनीहरूलाई कामको जिम्मेवारी दिँदा उल्टै समस्या बल्झिन सक्दछ। त्यसैले सोच विचार गरेर अनुभवी र दक्ष निर्माणसेवी कम्पनीलाई काम दिनु पर्ने हुन्छ। 

समय 

घर रेनोभेसन गर्दा समयको पनि बिशेष ख्याल गर्नुपर्ने हुन्छ। रेनोभेसन कुन समयमा गर्ने, कति समयावधि लाग्छ भन्ने कुरा निर्माण कार्य सुरू हुने पहिले नै गर्नुपर्ने हुन्छ। बिशेषगरी बर्षातको समयमा काम गर्दा कार्यमा ढिलाइ हुनुका साथै गुणस्तरमा पनि फरक पर्ने गर्दछ। 

सामग्री 

हामीले प्रयोग गर्ने निर्माण सामग्रीले घरको गुणस्तर निर्धारण गर्ने गर्दछ। त्यसैले समानको गुणस्तर जाँच भएका उच्च कोटी समानहरू मात्र प्रयोग गर्नुपर्ने हुन्छ। जसले गर्दा घरको मजबुती बढनुका साथै दिगो पनि हुने गर्दछ। 

सुपरिवेक्षण 

कार्य शुभारम्भ भएपछि निरन्तर रूपमा सुपरिवेक्षण गर्नुपर्ने हुन्छ। होम बिल्डरले तपाईंले चाहे अनुसार काम गर्दै छ कि छैन। कतै कमसल समान प्रयोग गर्दै छैन, काममा ढिलासुस्ति त छैन भन्ने जस्ता कुरामा बिशेष ख्याल राख्नु पर्ने हुन्छ। 

प्रतिक्रिया