नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक, अमेरिकी डलरको खरिददर १३६.३० रुपैयाँ

foreign exchange

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम गरिएको छ।

त्यसैगरी, युरोपियन युरोको खरिददर १५३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ०७ पैसा छ भने युके पाउन्ड स्ट्रर्लिङको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ। स्विस फ्र्याङ्कको दर क्रमशः १६४ रुपैयाँ ०९ पैसा र १६४ रुपैयाँ ८१ पैसा कायम भएको छ।

अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ २७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६६ पैसा रहेको छ भने क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३८ पैसा रहेको छ। सिङ्गापुर डलरको दर १०५ रुपैयाँ ०५ पैसा र १०५ रुपैयाँ ५१ पैसा रहेको छ।

जापानी येन (१० को दर) ९ रुपैयाँ ३९ पैसा खरिद र ९ रुपैयाँ ४३ पैसा बिक्री दरमा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा, साउदी रियाल ३६ रुपैयाँ ३४ पैसा र ३६ रुपैयाँ ५० पैसा तथा कतारी रियाल ३७ रुपैयाँ ३९ पैसा र ३७ रुपैयाँ ५६ पैसा कायम भएको छ।

त्यस्तै, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनर लगायतका मुद्राहरूको विनिमय दर पनि क्रमशः निर्धारण गरिएको छ।

कुवेती दिनार ४४४ रुपैयाँ ३५ पैसा खरिद र ४४६ रुपैयाँ ३१ पैसा बिक्री दरमा, बहराइन दिनार ३६१ रुपैयाँ ५२ पैसा र ३६३ रुपैयाँ ११ पैसा तथा ओमनी रियाल ३५४ रुपैयाँ ०५ पैसा र ३५५ रुपैयाँ ६१ पैसा रहेको छ।

भारतिय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले आवश्यक परेको खण्डमा विनिमय दरमा परिवर्तन गर्न सकिने जनाएको छ।

प्रतिक्रिया