काठमाडौं | हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको नजिकै रहेकाले विभिन्न क्षेत्रमा वर्षाको सम्भावना बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहान देशका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी प्रदेशहरूमा मौसम आंशिक बदली रहँदै आएको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसोदेखि रातिसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ। बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।
सम्भावित भारी वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहन सक्छ। तराई तथा शहरी क्षेत्रहरूमा डुबानको सम्भावना छ। ठूला तथा साना नदी-नालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी गर्न महाशाखाको आग्रह छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar