देशभर मौसम आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

weather forecast

काठमाडौं। हाल देशभर पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको मौसमविद्हरूले जनाएका छन्। यसका कारण कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुने पूर्वानुमान गरिएको छ।

मौसमविद्हरूका अनुसार अपरान्हको समयमा कोशी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना छ। यसले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

सुरक्षा उपायस्वरूप सम्भावित जोखिम क्षेत्रका नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन तथा मौसमको नियमित अपडेट लिन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया