देशभरको मौसम पूर्वानुमान : केही स्थानमा हिमपात र वर्षाको सम्भावना

weather forecast

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यस प्रणालीको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रहनुका साथै अन्य स्थानमा मौसम सफा रहेको छ।

आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहने मौसमविद्ले जनाएका छन्। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सोमबार पनि देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सफा रहने अनुमान गरिएको छ। साथै, कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने कोशी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया