सुदुरपश्चिमविरूद्ध टस जितेको चितवन राइनोजले ब्याटिङ गर्ने

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको दोस्रो खेलमा चितवन राइनोजले टस जितेको छ। 

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा चितवनले सुदूरपश्चिम रोयल्सविरूद्ध ब्याटिङ गर्ने भएको छ।  चितवनले यसअघिका तीन खेलअन्तर्गत दुई खेलमा जित निकाल्दा एक खेलमा पराजय भएको हो छ। 

सुदूरपश्चिमले भने लगातार तीन खेलमा जित हात पारेको छ। आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको छ।

प्रतिक्रिया