पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौँ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। बुधबार (वैशाख ३) गते बिहानदेखि लागू हुने गरी घटाएको निगमले जनाएको छ।   

निगमले प्रतिलिटर ३ रूपैयाँका दरले पेट्रोल, मट्टीतेल र डिजेलको मूल्य घटाएको हो। भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको हो। 

अब काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४६ रूपैयाँ कायम हुनेछ।

प्रतिक्रिया