काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार भारतबाट आयात हुने इन्धनको मूल्य घटेकाले त्यसको प्रभाव स्वरूप नेपालमा समेत समायोजन गरिएको हो।
निगमले बुधबार (वैशाख ३) गते बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको जानकारी दिएको छ।
अब नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ कायम गरिएको छ।
इन्धनको मूल्य समायोजनले यातायातदेखि दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा समेत राहत पुग्ने अनुमान गरिएको छ।
3 Baisakh 2082, Budhbar 10:47 मा प्रकाशित
285
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar