घर कस्तो ठाउँमा बनाउने? कहाँ नबनाउने?

काठमाडौँ।  अविरल वर्षा, बाढीपहिरो, भूकम्पलगायत कारण नेपालमा धेरै धनजनको क्षति हुने गरेको छ। हालसालै (असोज ११ र १२ गतेको) अबिरल बर्षाका कारण देशभरको जनजीवन प्रभावित हुनुका साथै धेरै मानिसहरू घरबार बिहिन भएका छन्।  

२०७२ मा गएको महाभूकम्पले देशैभर ठूलो संख्यामा घर तथा भवन भत्किए, घरमा पुरिएर हजारौंले ज्यान गुमाउनुपर्यो। गत वर्ष पश्‍चिम नेपालमा गएको भूकम्पले थप क्षति पुरायो।

नेपालमा वर्षाको समयमा बाढी आएर, पहिरो खसेर धनजनको क्षति हुने सामान्य भइसक्यो। यहाँको भौगोलिक बनावट नै यस्तै छ। असोजमा असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकासहितका धेरै ठाउँ डुबानमा परे। बाढीपहिरोमा परेर ठूलो संख्यामा घरहरू पुरिएरबगे भने धेरैले ज्यान नै गुमाउनु पर्यो।

वर्षेनी बाढीपहिरोमा परेर धनजनको क्षति हुन थालेपछि खोला तथा नदी किनाराका परिवारलाई सुरक्षित स्थानमा सार्ने सरकारको तयारी छ। नेपालमा नदी तथा खोला किनारमा बस्‍ने परिवारहरू वर्षाको समयमा सबैभन्दा धेरै प्रभावित हुने गरेका छन्।

यसको अलवा दलदल भएको ठाउँ, पानी जम्ने ठाउँ, भिरालो जग्गा, चिरा परेको ठाउँ, ढुंगा झर्ने ठाउँहरूमा घर बनाउँदा पनि क्षति हुने सम्भवना धेरै रहन्छ।

हामीले यो लेखमा कस्तो ठाउँमा घर बनाउन हुँदैन, जोखिम बढी हुन्छ भनेर चर्चा गर्ने छौँ। 

घर तथा भवन निर्माणका लागि कस्तो निर्माणस्थल छनोट गर्ने?

१. भवन निर्माणका लागि समथर जमिन उपयुक्त स्थान हो। यस्तो ठाउँमा ढुंगा खस्‍ने वा पहिरो जाने सम्भवना हुँदैन। 

२. पहिरो जान सक्ने क्षेत्र, पहिरो गइरहेको क्षेत्र, भौगर्भिक चिरा परेको ठाउँ, नदीको बगर वा सिमसार ९दलदल०, ढुंगा झर्ने ठाउँ, भिरालो क्षेत्र, माटो भरेको वा पुरुवा माटो भएको ठाउँमा घर बनाउन नहुने शहरी विभागको सुझाव छ।

उल्लेखित स्थानहरूमा घर वा भवन निर्माण कार्यका लागि अनुपयुक्त हुने हुँदा त्यस्ता स्थानमा निर्माण कार्य नगर्न सुझाव छ। तर, यदि निर्माण कार्य गर्नैपर्ने भएमा प्राविधिकसँग सरसल्लाह लिएर मात्र गर्न विभागले सतर्क बनाएको छ। 

हामीले घर निर्माणका लागि जग्गा छनौट गर्दा ध्यान दिन सकेमा हालसालै भएको जस्तो विपद्बबाट जोगिन सकिन्छ। 

प्रतिक्रिया