काठमाडौँ। नबिल बैंक लिमिटेडको इटहरी शाखा कार्यालय स्थानान्तरण हुने भएको छ।
बैंकको हाल सुनसरी जिल्ला इटहरी उप-महानगरपालिका वडा नं. ९ विराटनगर लाइन इटहरीमा सञ्चालनमा रहेको उक्त शाखा कार्यालय आगामी साउन २५ गते अर्थात आइतबार (अगष्ट १०) बाट इटहरी उप-महानगरपालिका वडा नं. ६ वि.पि. चोक, इटहरीमा स्थानान्तरण भई सेवा सुचारू हुने बैंकले जनाएको छ।
यसका साथै, उल्लेखित बैंकको लकरमा ग्राहकहरूले कुनै पनि किसिमको टुटफुट हुने सामानहरू राखिएको भएमा लकर सार्नु अगावै साउन २२ गते विहिबारसम्म साविका शाखा कार्यालयबाट कार्यालय समय बिहान १० बजेदेखी दिउँसो ३ बजेसम आफ्ना सामानहरू निकाल्न बैंकले एक सूचना मार्फत अनुरोध छ भने लकर स्थानान्तरण गर्दा लकरमा भएका सामानहरूमा कुनै क्षति पुग्न गएमा बैंक जिम्मेवार नहुने सूचना मार्फत जनाएको छ।
19 Saun 2082, Sombar 08:56 मा प्रकाशित
342