रसुवा जिल्लामा आएको प्राकृतिक विप‌द्धति गहिरो समवेदना

काठमाडौँ । रसुवा जिल्लामा हालै आएको विनाशकारी बाढी तथा पहिरोले जनजीवनमा पुऱ्याएको अपुरणीय क्षतिले हामीलाई अत्यन्त दुःखी बनाएको छ। यस विपद्‌ले धेरै परिवारको जीवन, घर, व्यवसाय, र आशा एकैचोटि बगाएको छ। पीडितहरुप्रति हामी गहिरो समवेदना प्रकट गर्दै, यो कठिन घडीमा उनीहरुलाई शक्ति, धैर्य, र पुनःस्थापनाको आशा मिलोस भन्ने कामना गर्दछौं।

यो घटनाले केवल मानवीय क्षति मात्र होइन, देशको आर्थिक प्रणालीमा पनि गम्भीर असर पुऱ्याएको छ। नेपाल भित्रिने सवारीसाधनमध्ये ६० प्रतिशतभन्दा बढी उत्तरी नाकाबाट आउने हुँदा रसुवागढी नाकास्थित मितेरी पुल पूर्ण रुपमा भत्किनुले आपूर्ति प्रणालीमा ठूलो अवरोध सिर्जना भएको छ। चिनियाँ भन्सारबाट क्लियर भएका गाडीहरु अझै नेपाल प्रवेश गर्न सकेका छैनन्। चाडपर्व नजिकिंदै गर्दा यस्तो अवस्था अझ गम्भीर बनेको छ।

यस सन्दर्भमा, हामी नेपाल सरकार र सम्बन्धित निकायहरूलाई रसुवा जिल्लामा आएको विपद्‌को तत्काल उद्धार राहत, पुनःस्थापना, र पूर्वाधार पुनर्निर्माणलाई उच्च प्राथमिकता दिन अनुरोध गर्दछौँ। तात्कालिक रुपमा गरिहाल्नुपर्ने कैयाँ आवश्यकताहरुको सन्दर्भमा NAIMA ले निर्वाह गर्न सक्ने समन्वयकारी भूमिकाका लागि हामी सधैँ तत्पर रहेको जानकारी गराउँदछु।

प्रतिक्रिया