काठमाडौँ। काठमाडौँ महानगरपालिकाले कक्षा ४ देखि १० सम्मको त्रैमासिक परीक्षाको लागि प्रश्नपत्र आफैँले बनाउने भएको छ।
महानगरपालिका शिक्षा विभागका अनुसार महानगरभित्रका सामुदायिक विद्यालयको लागि प्रश्नपत्र महानगरपालिकाले नै निर्माण गर्ने जानकारी दिएको छ।
शिक्षा विभागका अनुसार यही पुस ८ गतेदेखि सुरू हुने त्रैमासिक परीक्षाबाट नै यो व्यवस्था लागू हुनेछ। महानगरले पाठ्यक्रमअनुसार प्रश्न निर्माण गर्ने र सम्बन्धित विद्यालयमा दिएपछि परीक्षा सञ्चालन हुने जनाएको छ।
महानगरपालिकाले नै प्रश्न बनाइदिने भएकाले यसका लागि विद्यालयले अबदेखि कुनै पनि शुल्क लिन पाउने छैनन्। महानगरपालिकाले प्रश्न बनाएपछि विद्यालयले परीक्षाको नाममा कुनै पनि शुल्क लिन नपाउँने र यसैको लागि महानगरले प्रश्न बनाउन लागेको हो। उत्तरपुस्तिका भने विद्यालयकै शिक्षकहरूले जाँच्ने छन्।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar