काठमाडौँ । चितवनको नारायणगढमा पहिलो पटक JCI Nepal Business Expo 2025 आयोजना हुने भएको छ। चैत्र ७ गतेदेखि सुरु हुने यो एक्स्पोमा देशभरका १८ देखि ४० वर्षसम्मका युवाको जमघट हुने छ।
JCI Nepal का अध्यक्ष रजनी थापाको नेतृत्वमा आयोजना हुन लागेको एक्स्पो नारायणी नदीको किनारमा सम्पन्न हुनेछ। व्यापार, उद्यमशीलता र नवप्रवर्तन (इनोभेसन) लाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस एक्स्पोमा २०० भन्दा बढी स्टल रहनेछ, जसमा गाडीका सोरुमदेखि चनाचटपटेसम्मका विभिन्न व्यापारिक स्टलहरू समावेश गरिनेछ।
मुख्य आकर्षणहरू: प्रत्येक दिन व्यवसायिक सम्मेलन (Business Conference), प्रतिष्ठित वक्ताहरूको प्यानल डिस्कसन, कला तथा संस्कृतिक कार्यक्रमहरू, पर्यटन प्रवर्द्धनका लागि विशेष सत्रहरू, १६ वटा फुड कोर्ट, विभिन्न स्वादका परिकारहरू उपलब्ध हुनेछ।
कार्यक्रमलाई पर्वतीय पर्यटन बोर्ड, भरतपुर महानगरपालिका र FNCCI नेपालले सहयोग गरेको छ। यस एक्स्पोले नेपालको युवा व्यवसायीहरूलाई नेटवर्किङ र नवप्रवर्तनका अवसरहरू प्रदान गर्ने अपेक्षा गरिएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar