काठमाडौँ। अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ जाने कान्ति लोकपथ अवरूद्ध भएको छ।
अविरल वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्णरूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि आइतबार बिहान ६ः०० बजेदेखि नै सवारी साधनको आवतजावत अवरूद्ध भएको हो। उक्त स्थानमा अहिले प्रहरी टोली खटिएको छ र अवरूद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
21 Baisakh 2082, Aaitabar 08:46 मा प्रकाशित
563
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar