क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा पर्यो मागभन्दा ५.५० गुणा बढी आवेदन

काठमाडौँ।  क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सले बैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १२ करोड ३८ लाख ७९ हजार रूपैयाँ बराबरको आवेदन परेको छ। 

सीडीएसका अनुसार आज (माघ २३ गते) बिहान १०ः०६ बजेसम्म ४४ हजार ८२५ जनाले १२ लाख ३८ हजार ७९० कित्ताका लागि आवेदन दिएका छन्। यो मागभन्दा ५.५० गुणा बढी आवेदन हो।  

क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सले माघ १५ गतेदेखि बैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख २५ हजार कित्ता सेयर निष्कासन खुला गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता सेयर बैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो।

प्रतिक्रिया